माओवादीको प्रदेश १ अध्यक्षमा मिक्सो विजयी

माओवादीको प्रदेश १ अध्यक्षमा मिक्सो विजयी

– पूजा लम्साल

नेकपामा ओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

अध्यक्षमा विजयी पाँचथरका मिक्सोले १ सय ६९ मत ल्याउँदा अर्का प्रत्याशी सुनसरीका मुक्साहाङ (मेन्याङ्बा) ले ६४ मत मात्रै ल्याउन सफल भएका छन् । अध्यक्षमा सात मत बदर भएको छ ।

यसैगरी तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) मतका साथ विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील) १ सय ४८ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याएका छन् ।

यस्तै तीन जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) मत प्राप्त गरेर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) लाई विजयी घोषणा गरिएको छ । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेकी छन् ।

९ जना पदाधिकारीको निम्ति भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरेका थिए । २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भए । हिजो साँझबाट सुरु भएको मतदान प्रक्रिया रातिसम्म भएको थियो । मतपरिणाम आज बिहान घोषणा गरिएको हो ।

टिप्पणीहरू