केपी ओलीले भन्नुभयो ‘म एमसीसीको पक्षमा,प्रचण्ड विपक्षमा’
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यतिखेर जे भने पनि उहाँ एमसीसीको सशक्त पक्षमा रहेको यसअघि नै खुलासा गर्नुभएको छ । प्रधानमन्त्री रहेकै बखत अघिल्लो वर्ष उहाँले आफू एमसीसी सम्झौताको पक्षमा रहेको, प्रचण्ड विरुध्दमा र शेरबहादुर देउवा स्पष्ट नभइसकेको उद्घोष गर्नुभएको हो ।
इमेज च्यानलसँगको कुराकानीमा उहाँले भन्नुभएको थियो, ‘म एमसीसीको पक्षमा छु । प्रचण्डहरु विपक्षमा छन् । शेरबहादुर कता छन्, थाहा छैन ।’
अहिले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा त्यतिबेलाका ओलीझैँ एमसीसीको पक्षमा खुलेर लाग्नुभएको छ । प्रचण्ड चाहिँ पहिलेझैँ संशोधनसहित पारित गर्ने पक्षमा हुनुुहुन्छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि संशोधनसहित पारित गर्नुपर्ने पक्षमा रहनुभएको छ । विपक्षी दलको नेताको भूमिकामा खुम्चिएपछि ओलीले भने देउवालाई एमसिसी पास गरे एक्लै सरकार चलाउन साथ दिने बिश्वास दिलाइरहनुभएको छ ।
टिप्पणीहरू