फेसवूक ग्रुपले दियो मिर्गौला बिरामीलाई नगद
खोटाङका युवाले सञ्चालन गरेको एक फेसवूक ग्रुपले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च दिएको छ । ‘क्षेत्रीडाँडो फेसवूक ग्रुप’ नामको सो फेसबुक ग्रुपले खोटेहाङ गाउँपालिका-४ बड्कादियालेकी १४ वर्षीय कविता विश्वकर्मालाई १० हजार सहयोग गरेको हो ।
जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले उक्त फेसवूक ग्रुप सञ्चालनमा ल्याएका हुन् ।
दुवै मिर्गौला फेल भएपछि हाल त्रिभुवन शिक्षण अस्पताल काठमाडौँमा उपचाररत विश्वकर्माको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ फेसवूक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोइरालाले जानकारी दिए ।
टिप्पणीहरू