रामायण पढाउँदै काठमाडौंका विद्यालय
काठमाडौंकाे गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरुमा रामायण अध्यापन गराइने भएको छ । नगरपालिकाका सामुदायिक तथा संस्थागत विधालयहरुमा रामायण अध्यापन गराउन लागिएको हो ।
बालबालिकाका लागि सहज भाषामा लेखिएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।
२०२२ मा प्रकाशित ‘छोटकरी रामायण’ को पहिलो संस्करण सकिएपछि दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँचप्रति पुस्तक उपलब्ध गराइएको छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ ।
टिप्पणीहरू