बिहारको चाउचाउ उद्योगमा बिस्फोट, ६ जनाको मृत्यु
भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा बिस्फोट हुँदा छ जना मजदुरको ज्यान गएको छ । मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (पानी तताउने ठूलो कन्टेनर) बिस्फोट भएको अधिकारीहरूले बताएका छन् ।
बिस्फोटमा दर्जन बढी घाइते भएका छन् । विष्फोटपछि नजिकैका सम्पूर्ण क्षेत्रमा आतंक मच्चिएको छ । स्थानीय बासिन्दाहरू घरबाट निस्केर भागाभाग गरेका छन् ।
हाल उद्दार कार्य शुरु भएको बताइएको छ । घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले आकलन गरेका छन् । बिस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न पाँच वटा दमकल परिचालन गरिएको छ ।
टिप्पणीहरू