वैदेशिक रोजगारीमा जानेलाई ५ लाख खोप

वैदेशिक रोजगारीमा जानेलाई ५ लाख खोप

वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गर्दै सरकारले पाँच लाख डोज जोन्सन एण्ड जोन्सन खोप छुट्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुको सहजतालाई ध्यानमा राख्दै पाँच लाख मात्रा खोप छुट्याएको हो ।

कामदारहरुलाई प्राथमिकता दिएर हाल काठमाडौंका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ । वैदेशिक रोजगारमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउँछन् ।

विश्वका धेरैजसो मुलुकमा कोरोना भाइरसविरुद्धका खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप अनिवार्य गरिएकाले उक्त खोप लगाएकालाई मात्र प्रवेश दिने भएकाले पाँच लाख डोज खोप व्यवस्थापन गरिएको सरकारी दाबी छ ।

टिप्पणीहरू