एकीकृत समाजवादीमा क्रमशः को, को समाहित ?

एकीकृत समाजवादीमा क्रमशः को, को समाहित ?

पर्सि पुस १६ गते शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषदको टोली नेकपा एसमा एकीकरण हुने नेकपा एसका उपमहासचिव डा.बिजय पैाडेलले जानकारी दिनुभएको छ भने नेकपा एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच हिजो पार्टी एकता भएको छ । एकतापछि पनि पार्टीको नाम नेकपा एकीकृत समाजवादी नै कायम छ ।

एकतापछि महासचिव देवसिंह महताको नेतृत्वमा रहेका १ हजार जना एकीकृत समाजवादीमा समाहित भएका छन् । उक्त पार्टीका ४५ जना केन्द्रीय सदस्य,४५ वटा जिल्ला जनसंगठनसहित पार्टी कमिटी र सबै जनसंगठनका केन्द्रीय कमिटी पनि हिजोदेखि एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

त्यसअवसरमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले वामपन्थी पार्टीहरुसँगको एकतालाई तीब्र बनाउँदै जतिसक्दो छिटो बृहत कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्नुभएको छ ।

उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा बनेको प्रदेश सरकारले समाजवादको खाका कोर्ने गरी कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

त्यसैगरी नेकपा जनवादीका महासचिव देवसिंह महताले नेपालमा कम्युनिष्ट आन्दोलन जोगाउन र समाजवादको गन्तव्य निर्माणका लागि एकीकृत समाजवादीको विकल्प नभएको उल्लेख गर्नुभएको छ । राजनीतिमा इमान्दारिता, पारदर्शिता, निष्ठा र विधिको निम्ति आफूहरुले एकीकृत समाजवादी रोजेको कारण समेत उल्लेख गर्नुभयो ।

टिप्पणीहरू