नयाँ बसपार्कको गेष्ट हाउसमा महिलामाथि सामूहिक बलात्कार

नयाँ बसपार्कको गेष्ट हाउसमा महिलामाथि सामूहिक बलात्कार

राजधानीको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक महिलालाई ८ जना युवाले सामूहिक बलात्कार गरेका छन् । कामको खोजीमा कर्णालीबाट काठमाडौँ आएकी ति महिलालाई ललाईफकाई गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरी सकेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्तिरहेका छन् ।

पीडित महिला सुर्खेतबाट काम खोज्दै काठमाडौँ आएकी थिइन् । उनका श्रीमान भारतमा काम गर्ने क्रममा धेरै पहिले देखि नै बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी मैनालीले बताए ।

प्रहरीका अनुसार युवराजले शुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ ।

महिलाको हिजो नै प्रसुतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । भने थप अनुसन्धान जारी छ ।

टिप्पणीहरू