श्रीमानको साथमै रहेकी महिला झुण्डिइन्

श्रीमानको साथमै रहेकी महिला झुण्डिइन्

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । हिजो राति करिब १० बजे २६ वर्षकी कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र दम्पती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । श्रीमान् साथमै हुँदा पनि कसरी झुण्डिएर मरिन् भन्ने कुरा शंकास्पद रहेको जनाइएको छ ।

सँगै रहेका श्रीमानले श्रीमती मरेको भनेपछि परिवारका अन्य सदस्यले थाहा पाएका थिए । खबर सुन्ने बित्तिकै कोठामा जाँदा कमलाले आफ्नै बर्को (सल) ले झुन्डिएको अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेको जनाइएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दिपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दिपक पनि प्रहरी नियन्त्रणमा छन् । पोष्टमार्टमपछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

टिप्पणीहरू