पाँचथरमा शारीरिक अपाङ्ग महिला बलात्कृत

पाँचथरमा शारीरिक अपाङ्ग महिला बलात्कृत

पाँचथरमा शारीरिक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन् । २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका १,एकतीनका ३५ वर्षीय इन्द्र आङ्बोलाई पक्राउ गरेको छ ।

पीडित महिलालाई दुई साताअघि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूध्द जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आङ्बो समातिएका हुन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका एक जना प्रहरीले जानकारी दिएका छन् ।

टिप्पणीहरू