भारतले नेपालको सिमानानजिकै अत्याधुनिक हतियार बनाउने

भारतले नेपालको सिमानानजिकै अत्याधुनिक हतियार बनाउने

भारतले रुससँग हालै गरिएको सम्झौताअनुसारको हतियार उत्पादन उत्तर प्रदेशको अमेठी जिल्लामा गर्ने भएको छ । स्थानीय कोर्वामा निर्माण गरिने नयाँ कारखानामा रुसी हतियार उत्पादन गर्न लागिएको हो । यो ठाउँ लामो समयदेखि सोनिया गान्धीसहित काङ्ग्रेस आइका नेताहरुको निर्वाचन क्षेत्र रहँदै आएको छ ।

गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही घण्टाको निम्ति गरेको नयाँ दिल्ली भ्रमणको क्रममा भएको सहमतिअनुसार ती हतियार उत्पादन गर्न लागिएको हो । जसअनुसार एके २०३ राइफल अब भारतमै उत्पादन गरिने छ । उक्त हतियार ५ करोड भारतीय रुपैयाँ बराबरको उत्पादन हुनेछ ।

सम्झौतामा ती हतियार उत्पादनको लागि इण्डो रसिया राइफल्स प्राइभेट लिमिटेड कम्पनी स्थापना गरिएको छ । रुसी कम्पनीले भारतमा आगामी १० वर्षभित्र ६ लाख थान त्यस्ता राइफल्स उत्पादन गर्ने जनाएको छ । हतियार उत्पादनसँगै भारतमा रुसी प्रविधिको समेत हस्तान्तरण हुने दुबै पक्षले विश्वास लिएका छन् ।

टिप्पणीहरू