​आकाशमा कुरा, अर्बौंको सपना पूरा

हामी जल, जमिन र जंगलमा लगानीको हिसाब राख्छाँै, र समृद्धि आएन भन्छौँ । तर, हाम्रै आकाशमा उडिरहेको पैसाको मतलब गर्दैनौँ ।

एउटा विवरण हेरौँ, अघिल्लो आर्थिक वर्ष विभिन्न आकाशीय विकिरणमार्फत व्यवसाय सञ्चालन गर्ने सेवा प्रदायक संस्थाले हामीले गरेको फोनवार्ताबाट सेकेण्ड सेकेण्ड कसेर एक खर्ब पाँच अर्ब चालीस करोड ७० लाख ८७ हजार दुई सय ८१ रुपैयाँ ५३ पैसा उठाएका रहेछन् ।
हालै सर्वोच्च अदालतले एनसेललाई पुँजिगत लाभकर नतिर्न दिएको आदेशबाट दुःखी भएका नेपालीले यो विवरण हेरौँ, उसले पुँजीगत लाभकरभन्दा एकदमै धेरै रकम उपभोक्ताबाट उठाएको छ । विभिन्न ९५ सेवाप्रदायक संस्थाले यसरी नाफा कमाएमध्ये दूरसञ्चार प्राधिकरणको अभिलेखअनुसार कर कारोबारमा विवादास्पद एनसेलले मात्रै ५९ अर्ब ६९ करोड २६ लाख ९१ हजार नौ सय ७० रुपैयाँ भिœयाएको छ । तर, सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को आम्दानी भने एनसेलभन्दा २० करोड कम छ ।

एक आर्थिक वर्षमा टेलिकमको आम्दानी हो, ३८ अर्ब ९९ करोड ३६ लाख २५ हजार आठ सय ५३ रुपैयाँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दुई अर्ब ४७ करोड ९५ लाख २६ हजार, सुबिसुले एक अर्ब २४ करोड ९८ लाख ९३ हजार चार सय ४० कमाएका छन् । स्मार्ट टेलिकमले ७० करोड ९१ लाख ७५ हजार सात सय ५५, भायानेटले ५८ करोड ८७ लाख ७२ हजार सात सय ९५, कम्युनिकेशन एण्ड कम्युनिकेटले ४४ करोड दुई लाख ९ हजार चार सय ७४ रुपैयाँ ७१ पैसा, वेभ सर्फर नेपाल कम्युुनिकेशन्स प्रालिले २६ करोड ४९ लाख ११ हजार चार सय ३६ रुपैयाँ ९७ पैसा, क्लासिक टेक प्रालिले २३ करोड ६० लाख ६५ हजार आठ सय ३९ रुपैयाँ ३० पैसा आम्दानी गरेको देखिन्छ । दूरसञ्चार प्राधिकरणले पटक–पटक पुरानो बक्यौता भुक्तानीका निम्ति सूचना जारी गरेको अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको कमाइ भने ४२ लाख ३८ हजार पाँच सय ३२ रुपैयाँ ३० पैसा मात्र रहेछ । उसले साउन २८ गते मंगलबार ३० करोड बक्यौता बुझाएर थप बक्यौताका लागि १५ दिनको म्याद मागेको थियो । तर, म्यादभित्र नबुझाएपछि भदौ १ मा फेरि प्राधिकरणले ताकेता गरी लाइसेन्स रद्द गरेको हो । 

त्यस्तै, नेपालकै सबैभन्दा पुरानो इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टायलले नौ करोड ७२ लाख २२ हजार चार सय २७ रुपैयाँ ६९ पैसा आम्दानी गरेको छ । टेलिभिजन केबुलको सेवा दिने स्काई केबुलले एक करोड तीन लाख ७८ हजार ६ सय ७७ रुपैयाँ उठाएको छ । टेक्निकल नेटवर्कले १७ करोड ३२ लाख ४६ हजार ७ सय ३८ रुपैयाँ, ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसनले ७ करोड ९३ लाख ७१ हजार ६ सय ४८, हिमालयन अनलाइन सर्भिसेजले ७ करोड ३६ लाख ९० हजार ९ सय ४५, पोखरा इन्टरनेटले ३ करोड, ३४ लाख ३३ हजार ८ सय ७५, रविन श्रेष्ठ (रेप्रिजेन्टेटिभ अफ सीता) ले २ करोड २२ लाख ८० हजार ८ सय ७५, चेरी वल्र्ड कम्युनिकेसनले १ करोड ९९ लाख ३८ हजार २ सय ५९, एरोनेटले १ करोड ९० लाख ८५ हजार २ सय ८९, नेट म्याक्स टेक्नोलोजिजले १ करोड ७८ लाख ७० हजार ३३, बाराही इन्टरनेट टेक्नोलोजिजले १ करोड ७५ लाख ३८ हजार ९ सय ९६,  डोयन नेटले १ करोड ५२ लाख ८७ हजार ४ सय ७६, युनाइटेड टेलिकमले १ करोड ४९ लाख ४२ हजार ९ सय ५ र आइ जोनले १ करोड १८ लाख ५५ हजार ७ सय ५० आम्दानी गरेका छन् । 

त्यसैगरी हक नेटले ८७ लाख २८ हजार ८ सय ७४, एभरेष्ट वायरलेस नेटवर्कले ८२ लाख ५२ हजार ६ सय ५३, एक्मी टेक्निकल इन्स्टिच्युटले ६८ लाख ३० हजार १ सय ८०, पिडिएस सर्भर नेटवर्कले ६७ लाख ३४ हजार ३७, लुप नेटवक्र्सले ६४ लाख ३० हजार ४ सय ३९, इष्टलिंक टेक्नोलोजीले ६० लाख, कन्स्टिलेसन प्रालिले ५६ लाख ५५ हजार ६ सय २, आइफो टेक्नोलोजिजले ५३ लाख २५ हजार ७ सय ९९, केसिएन नेटले ५१ लाख ४६ हजार ३ सय ३, इन्फोकमले ४४ लाख ८९ हजार ३ सय ५७, सस्टेनेबल नेटवर्कले ४० लाख ८ हजार ३ सय ४०, रेग्मी मिडिया इन्कले ३८ लाख १८ हजार १ सय ६०, एभरेष्ट लिंकले ३८ लाख ४ हजार ४ सय ७९ र गण्डकी कम्युनिकेसनले ३४ लाख ४१ हजार ८ सय ५० उठाएका छन् । 

त्यसैगरी हिमालयन गोर्खा नेटले ४ लाख ३७ हजार २ सय ५८, सिटी नेटले ४ लाख २० हजार, एलएनटी इन्फोटेकले ३ लाख ८ हजार ६ सय ५५, मेट्रोलिंक बिजनेस ग्रुपले २ लाख ९० हजार ९ सय ७१, ब्रोडब्याण्ड सोलुसनले २ लाख ८४ हजार ६ सय ९४, कर्णाली नेटवर्क सर्भिसेजले २ लाख २१ हजार १ सय ५६, मनकामना नेटवर्क कम्यनिकेसनले १ लाख ९५ हजार १ सय ३६, गोरेटो कम्युनिकेसनले १ लाख ९२ हजार ४ सय ३५, नेक्स्ट गिकर्सले ९१ हजार २ सय, जिआरएस लिंक इन्टरनेट सर्भिसले ९० हजार ३ सय ८०, फस्र्ट लिंक कम्युनिकेसनले ८३ हजार १ सय ७३, बिग मस्र्याङ्दी नेटले ६८ लाख ६ सय ३०, सिम्पल मिडिया नेटवर्कले ६८ लाख १ सय ४२, स्याङ्जा मेडियाले ६० लाख ५ सय, स्मार्ट लिंक टेलिकम्युनिकेसनले ५० हजार, मेटा लिंकले ४८ हजार ५ सय ६० र अस्किना केबल नेटवर्कले २६ लाख १ सय रुपैयाँ आम्दानी गरेका छन् ।
इन्टरनेट तथा कम्युनिकेशन सेवा प्रदायक संस्थाले विदेशी स्याटेलाइटबाट लिइरहेको यो सुविधाको आम्दानी मात्रै वर्षको एक खर्ब पाँच अर्ब हुन्छ भने नेपालसँगै स्याटेलाइट भयो र यहाँका सेवाप्रदायकलाई स्वदेशी स्याटेलाइटबाट सेवा सञ्चालन गराउन सकियो भने त्यसबाट उठ्ने रकमबाट देश कति समृद्ध होला ? तर, हामी जमिन खण्डीकरण गरेर, जल भण्डारका हिसाब गनेर मात्रै बस्ने बानीका छौँ । आकाशमा उडेको पैसा खोज्ने ध्यान कसलाई होस् !

टिप्पणीहरू