आज संक्रमित ११ हजार बढी, उपत्यकामा त्यसको आधा

आज संक्रमित ११ हजार बढी, उपत्यकामा त्यसको आधा

पछिल्लो २४ घन्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार चार सय नौ जनामा नमूना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएको हो ।

कोरोनाको कारण आज चार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर छ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौंमा चार हजार छ सय ६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६ हजार तीन सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू