घाम तापिरहेका वृद्धमाथि गैंडाकाे आक्रमण
चितवनमा गैंडाको आक्रमणबाट दुई वृद्ध घाइते भएका छन् । आज दिउँसो गैंडाले आक्रमण गर्दा भरतपुर महानगरपालिका २२ पटेहानीका ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महताे घाइते भएका हुन् ।
आफ्नै घरको आँगनमा घाम तापिरहेको अवस्थामा उनीहरुलाई गैंडाले आक्रमण गरेको थियो । गैंडाले एक्कासी आक्रमण गर्दा दुबैजना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको निम्ति नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।
घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।
टिप्पणीहरू