कपिलवस्तुका पत्रकारले ३० हजारको हिसाब नमिलाइदिएपछि
नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाले ३० हजार रुपैयाँको शीर्षक नमिलाइदिएपछि जिल्ला प्रहरी कार्यालयले चित्त दुखाएको छ । महासंघको शाखाले उठाएको रकममध्ये ३० हजार रुपैयाँ जिल्ला प्राविधिक कार्यालयको नाममा लेख्नुपर्नेमा जिल्ला प्रहरी कार्यालय उल्लेख भएपछि कुरो बिग्रिएको हो ।
गत साता तौलिहवामा सम्पन्न महासंघ केन्द्रीय समितिको बैठक आयोजनाको निम्ति शाखाले सहयोग रकम जुटाएको थियो । विभिन्न व्यक्ति,संघ,संस्थासँग उठाइएको रकमको हिसाब किताब सार्वजनिक गर्ने क्रममा प्रहरी कार्यालयले पनि ३० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरिएको हो ।
तर,उक्त रकम जिल्ला प्राविधिक कार्यालयको हुनुपर्ने भन्दै महासंघको जिल्ला शाखाले जिल्ला प्रहरी कार्यालयलाई सच्चाइएको जानकारी गराएको छ । उक्त जानकारी गराउने क्रममा प्रहरीले बैठक सञ्चालनमा सुरक्षा व्यवस्था मिलाइदिएकोमा पनि प्रहरी कार्यालयलाई धन्यवाद दिएको छ ।

टिप्पणीहरू