सक्रिय संक्रमितको संख्या डरलाग्दो हुँदै

सक्रिय संक्रमितको संख्या डरलाग्दो हुँदै

कोरोना भाइरसको तेस्रो लहर सुरु भएदेखि नै सक्रिय संक्रमितको संख्य निरन्तर उकालो लागिरहेको छ । मुलुकभर छदेखि सात हजारको संख्यामा रहेको सक्रिय संक्रमित संख्या अहिले बढेर ५० हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर हिजो साँझसम्म ४७ हजार नौ सय २९ सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा २२ हजार ३०, ललितपुरमा ५ हजार दुई सय २६ र भक्तपुरमा २ हजार नौ सय ५२ सक्रिय संक्रमित छन् ।

१३ जिज्लामा पाँच सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलाली अहिले पनि विगतमा झैँ ‘हटस्पट’ बनेका छन् ।

धनुषा, नवलपरासी पूर्व, पर्सा, दाङ, कञ्चनपुरमा दुई सय बढी संक्रमित छन् । राजधानी उपत्यका विगतमा झैँ यस पटकको लहरमा पनि सबैभन्दा उच्च जोखिम क्षेत्र भएको छ ।

नेपालमा हिजोसम्म ११ हजार छ सय २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । आठ लाख १८ हजार एक सय ६० संक्रमित निको भइसकेका छन् । आठ लाख ७७ हजार सात सय १७ मा कोरोना संक्रमित देखिएको छ ।

टिप्पणीहरू