कुरा नमिलेपछि गठबन्धन बैठक स्थगित
सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि डाकिएको बैठक स्थगित भएको हो ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे छलफल हुने बताइएको थियो । तर, चुनावको मितिबारे गठबन्धन दलहरुबीच सहमति कायम हुन नसकेका कारण बैठक स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता तथा समिति सदस्य देव गुरुङले भने तयारी नपुगेकाले केही समयका लागि बैठक स्थगित गरिएको बताउनुभयो । ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आजै बस्ने गरी समय मिलाउँदै छौं, बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो,’ उहाँले भन्नुभयो ।
टिप्पणीहरू