आज १२ हजार बढी संक्रमित, ४ जनाको ज्यान गयो

आज १२ हजार बढी संक्रमित, ४ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा मुलुकभर १२ हजार तीन सय ३८ जना कोरोना संक्रमित भेटिएका छन् । २७ हजार चार सय ९७ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।

तीमध्ये काठमाडौंमा पाँच हजार एक जना संक्रमित थपिएका छन् । भक्तपुरमा आठ सय ५० र ललितपुरमा एक हजार एक सय ३० जना भेटिएका हुन् ।

यो अवधिमा छ सय ४९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९२ दशमलव २ प्रतिशत रहेको छ । आज मुलुकभर ५७ हजार तीन सय २८ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय ३२ पुगेको छ । आज कोरोनाको कारण चार जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये तीन हजार पाँच सय ५४ जना युवायुवती छन् भने पाँच सय ८८ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ८९ जना संक्रमित थपिएका छन् । चार सय ३१ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या २६ हजार छ सय ९८ पुगेको छ । भक्तपुरमा दुई हजार तीन हजार सात सय ८३ र ललितपुरमा छ हजार छ सय १२ जना संक्रमित छन् ।

टिप्पणीहरू