लोकसेवाका जाँच पनि रोकिए
लोकसेवा आयोगका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आगामी मंगलबारबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो ।
माघ ११ गतेदेखि उपसचिवको परीक्षातालिका तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यहीबीचमा गर्ने भनिएको थियो । तर ती सबै परीक्षा हाललाई स्थगित गरिएको छ ।
आगामी फागुन १ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा पनि अर्को सूचना सार्वजनिक नभएसम्मको लागि रोकिएको छ ।
लिखित परीक्षा र अन्तवार्ता बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत् रहने आयोगले जानकारी दिएको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/परीक्षा_स्थगित_सूचना_2078-10-06-1-1.pdf” title=”परीक्षा_स्थगित_सूचना_2078-10-06 (1)”]
टिप्पणीहरू