वैद्य नेतृत्वको मोर्चा खारेज

वैद्य नेतृत्वको मोर्चा खारेज

निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज भएको हो ।

यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएको तथा र जरिवानासमेत नतिरेकाले दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना टासेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन आदेश दिएको थियो । तर यी दलहरुले सो आदेश पुरा नगरेकाले दर्ता खारेज गर्नु परेको आयोगको भनाइ छ ।

३३ दलीय मोर्चाको नेतृत्व मोहन वैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए ।

टिप्पणीहरू