फ्रन्टलाइनर कर्मचारीलाई दुई पटक एन्टिजेन परीक्षण गराउनै पर्ने
काठमाडौं उपत्यकामा सबै प्रकारका व्यवसायीहरूले अग्रपंक्तिमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले यससम्बन्धी आदेश जारी गरेका हुन् । ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’, जारी आदेशमा भनिएको छ ।
उक्त आदेश आजदेखि अर्काे आदेश जारी नभएसम्म लागू हुनेछ । योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
टिप्पणीहरू