लक्ष्मीदास मानन्धर बित्नुभयो
राष्ट्रिय सभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । उहाँ नेपाल र नेपाली भाषाको उत्थानमा सक्रिय हुनुहुन्थ्यो । त्यसैगरी नेपालको सामाजिक, साँस्कृतिक र वामपन्थी राजनीतिमा क्रियाशील हुँदै आउनुभएको थियो ।
पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनु भएका मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो । उहाँको जन्म बिसं.१९८५ मंसिरमा काठमाडौंको ठँहिटीमा भएको थियो ।
प्रारम्भमा सरकारी सेवामा लाग्नुभएका मानन्धर २००७ सालमा नुन व्यापारमा लाग्नुभयो । उहाँको नुन कारोबारबाट स्थापित भएको साल्ट ट्रेडिङ कर्पोरेशनमा पछि अध्यक्ष बन्नुभयो ।
भारतबाट आयात गरिएको नुन कारोबारसँगै जापानबाट रेडिमेड कपडा आयात गर्न थाल्नुभयो । २०१७ सालमा पहिलो पटक नेपालमा मोजा उद्योग खोल्नुभएको थियो । उहाँको कम्पनीले बनाएको तत्कालीन बाघ छाप मोजा नेपालभर प्रख्यात थियो ।
टिप्पणीहरू