यात्रुले मास्क लगाउन अटेर गरेपछि लफडा, मध्यआकाशबाटै जहाज फर्काइयो

यात्रुले मास्क लगाउन अटेर गरेपछि लफडा, मध्यआकाशबाटै जहाज फर्काइयो

एक यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकी विमान मध्यआकाशबाटै फर्किएको छ । फ्लोरिडाको मायामी शहरबाट लन्डनका लागि उडेको अमेरिकी एयरलाइन्सको विमान यात्रुको अटेरिका कारण मध्यआकाशबाटै फर्काइएको हो ।

जहाजमा रहेका ती यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाइन्सको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा एक सय २९ यात्रु सवार भएको बताइएको छ ।

फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको छ । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने घोषणा गरेको छ ।

अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुध्द शून्य सहनशीलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ । मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुर्व्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

टिप्पणीहरू