कमरेडहरुबीच कोरोनाले कोलाहल

कमरेडहरुबीच कोरोनाले कोलाहल

नेकपा एमालेमा अधिकांशलाई कोरोना संक्रमण भएको छ । महासचिव शंकर पोखरेलको दम्पत्ति दुबै जनालाई भएपछि पार्टी नेतृत्वसँग निरन्तर भेटघाट गरिरहने जनवर्गीय र पेशागत संगठनका अधिकांशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एमाले पेशागत जिल्ला कमिटीका सचिव प्रकाश भट्टराई र उपसचिव एलडी भुसाल दुबैजना संक्रमित भएका छन् । उनीहरुबाहेक जिल्ला कमिटीका अरु थुप्रैलाई संक्रमणले छोएको बताइन्छ ।

कमिटीका अध्यक्ष उमेश ढकाल,केशव भट्टराई,लक्ष्मण खनाललगायत अधिकांशले रुघाखोकी लागेको र जीऊ दुख्यो भन्दै घरमा आराम गरेका छन् । एक जना संक्रमित कमरेडले भने, ‘कसलाई लाग्यो भनेर सोध्नुभन्दा पनि नलागेको चाहिँ को हो भनेर सोध्नुपर्ने अवस्था देखिएको छ ।’

टिप्पणीहरू