संक्रमण जताततै, उपत्यकामा सबभन्दा धेरै
पछिल्लो २४ घण्टामा मुलुकभर १० हजार सात सय तीन जना कोरोना संक्रमित भेटिएका छन् । २३ हजार ९२ जनामा नमूना परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।
तीमध्ये काठमाडौंमा चार हजार दुई सय ७९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा चार सय ५३ र ललितपुरमा पाँच सय ६७ जना भेटिएका हुन् ।
यो अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९१ दशमलव ४ प्रतिशत रहेको छ । मुलुकभर अझै ६५ हजार तीन सय ७४ जना सक्रिय संक्रमित छन् ।
कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय ३५ पुगेको छ । आज कोरोनाको कारण तीन जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये तीन हजार ५२ जना युवायुवती छन् भने पाँच सय २३ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय ५३ जना संक्रमित थपिएका छन् । चार सय २९ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार छ सय ८८ पुगेको छ । भक्तपुरमा चार हजार दुई सय २३ र ललितपुरमा सात हजार एक सय १५ जना संक्रमित छन् ।
टिप्पणीहरू