मास्क बोकेर सिडिओ र एसपी सडकमा

मास्क बोकेर सिडिओ र एसपी सडकमा

जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि मास्क अभियानलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन सक्रिय भएको छ ।

मास्क अभियानलाई प्रभावकारी बनाउन आज दिउँसो धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा प्रहरी उपरीक्षक बसन्त रजौरे,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहितले जनकपुर बजारमा आफैँले मास्क वितरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी पौडेल, उपरीक्षक रजौरेसहितले बजारमा घुमिघुमी मास्क नलाएकाहरूलाई मास्क लगाउन आग्रह गरेका थिए ।

‘कोरोना भाइरसको महामारी बढ्दै गएको छ,तपाईं मास्क लगाएर मात्र घरबाट निस्कनु होस्,उपरीक्षक रजौरेले बाटोमा विना मास्क लगाएर हिंड्नेलाई मास्क दिँदै भने, ‘मास्क लगाउने बानी बसाल्नुहाेस्, त्यसले मसहित अन्य व्यक्तिको पनि स्वास्थ्य सुरक्षाको हिसावले राम्रो हुन्छ ।

मास्क नलगाएर सार्वजनिक स्थलमा हिँड्डुल गरेमा प्रहरीले जरिबाना काट्छ र पटक पटक यस्तो गल्ती दोहाेर्‍याएमा अन्य कारबाही पनि गर्छ ।’

जिल्ला प्रशासनले मास्क नलगाउनेलाई अब १०० रूपैयाँ जरिवाना तिराउने भएको छ । संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरूमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्न लागेको हो ।

टिप्पणीहरू