प्रशासनलाई कोरोनाले पेलेपछि
कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बृध्दि भएको र प्रशासनको अग्रपंक्तिमा काम गर्ने चार जना कर्मचारीमा संक्रमण देखिएको भन्दै प्रशासन कार्यालयले सेवा बन्द गरेको हो । आजबाट आउँदो आइतबारसम्म सम्पूर्ण सेवा बन्द रहने कार्यालयले बताएको छ ।
चार जना कर्मचारीमा संक्रमण देखिनुका साथै अन्यमा पनि लक्षण देखा परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत नारायण लघुले बताए ।
प्रशासन कार्यालयले नयाँ नागरिकता वितरण,प्रतिलिपि नागरिकता वितरण र प्रमुख जिल्ला अधिकारीले दस्तखत गर्नुपर्ने सेवाहरु बन्द रहने जनाएको छ ।
टिप्पणीहरू