कोरोना लागेका कर्मचारीको बिदा कटौती
सरकारले कोरोना संक्रमित सरकारी कर्मचारीको बिदा कटौती गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गर्दै बिदा कटौतीको जानकारी दिएको हो ।
मन्त्रालयले २०७८ पुस ३० गतेको मन्त्रिपरिषद बैठकका निर्णय कार्यान्वयनका लागि गरेको परिपत्रमा कोरोना संक्रमण पुष्टि भएका कर्मचारीले बढीमा एक साता छुट्टी पाउने जनाइएको छ ।
क्याबोनेटको निर्णयअनुसार अब संक्रमित अस्पताल भर्ना हुनुपरेको अवस्थामा डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै बिदा पाउने छन् । होम आइसोलेशनमा बसेकाले सात दिनसम्मको बिदा पाउँदा कन्ट्याक्ट ट्रेसिङमा परेकाको हकमा भने सम्बन्धित सुपरीवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउने मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।

टिप्पणीहरू