विश्वविद्यालयका विद्यार्थीले अनलाइनमा पढ्ने

विश्वविद्यालयका विद्यार्थीले अनलाइनमा पढ्ने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले भोलिदेखि अनलाइन कक्षा पढ्न पाउने भएका छन् । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेपछि भौतिक कक्षा स्थगित गर्दै अनलाइन कक्षा सुचारु गर्न लागिएको हो । त्रिविले भोलिदेखि सबै क्याम्पसलाई वैकल्पिक माध्यमबाट कक्षा लिन आग्रह गरेको हो ।

‘भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै भोलिदेखि सबै सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्ने त्रिवि कार्यकारी परिषदको निर्णय भएको छ,’ विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आज जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, डीन कार्यालयका सहायक डीन सुरेन्द्रकुमार गौतमको संयोजकत्वमा गठित अनलाइन कक्षा अनुगमन समितिलाई आवश्यक विवरण र कक्षाको लिंकसमेत उपलब्ध गराउन भनिएको छ ।

टिप्पणीहरू