भोलि ७ ठाउँको १४ बाक्सामा मत खसालिने

भोलि ७ ठाउँको १४ बाक्सामा मत खसालिने

भोलि राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । रिक्त हुन लागेको १९ सिटका लागि भोलि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुने भएको हो ।

मतदानका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ को निम्ति प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानस्थल तोकिएको हो ।

यस्तै, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडाको सभा हलमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा, लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

टिप्पणीहरू