राष्ट्रियसभा चुनावमा राप्रपाले भोट नहाल्ने

राष्ट्रियसभा चुनावमा राप्रपाले भोट नहाल्ने

भोलि हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ बाहेक अन्य प्रदेशको मतदानमा सहभागी नहुने भएको छ । आज बसेको केन्द्रीय पदधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश १ मा बाहेक अन्य प्रदेशमा पार्टीका उम्मेदवार नरहेकाले मतदानमा सहभागी नहुन मतदातालाई निर्देशन गरेको महामन्त्री भुवन पाठकले बताएका छन् ।

बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मत दिन मतदातालाई निर्देशनसमेत दिइएको छ । बागमती र कर्णाली प्रदेशमा मतदाता भए पनि त्यहाँ राप्रपाले कसैलाई उम्मेदवार बनाएको छैन ।

टिप्पणीहरू