रामेछाप र रसुवाबाट एकैदिन एकीकृत समाजवादीमा प्रवेश

रामेछाप र रसुवाबाट एकैदिन एकीकृत समाजवादीमा प्रवेश

रामेछाप र रसुवाका युवाहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । हिजो उनीहरु विभिन्न पार्टीको जिम्मेवारी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

हिजो पार्टी प्रवेश कार्यक्रममा छुटेका रसुवाका केही युवाहरु एकीकृत समाजवादीको पार्टी कार्यालयमा आज दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै छन् ।

उता रामेछापका केही काँग्रेसी र एमाले कार्यकर्ताहरु पनि प्रवेश गरेका छन् । बिहान साढे ११ बजे महाराजगञ्जस्थित ओराकल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरुले समाजवादी रोजेका हुन् ।

टिप्पणीहरू