कर्णालीमा खस्यो ११५ मत

कर्णालीमा खस्यो ११५ मत

राष्ट्रियसभाको १९ सीटका लागि देशभर मतदान जारी छ । बिहान ९ बजेबाट मतदान शुरु भएको हो ।

तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका छन् ।

कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू