राष्ट्रियसभाको परिणाम आजै आउने
राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने भएको छ । सातवटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म लागि हुने मतदानको नतिजा आजै सार्वजनिक गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले भने ।
राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।
१९ सिटमध्ये गठवन्धनबाट काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५ /५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीटमा उम्मेदवार छन् ।
टिप्पणीहरू