ताप्लेजुङमा सिटामोलको हाहाकार
विभिन्न जिल्लामा सिटामाेल अभावको समाचार सार्वजनिक भैरहेका बेला ताप्लेजुङमा पनि सिटामलको मौज्दात रित्तिन्दै गएको पाइएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा सिटामाेलको मौज्दात रित्तिन्दै गएको पाइएको हो ।
हिजो सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेडिकलहरूमा जिल्ला अनुगमन समितिले सिटामाेलको मौज्दातबारे अनुगमन गरेको थियो । सो क्रममा अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात पाइएको समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताइन् ।
खपत बढी भएकाले अहिले मौज्दात सिटामले माग धान्न सक्ने अवस्था नरहेको अनुगमनपछि समितिको निष्कर्ष सुनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन् ।
अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थामा रहेको पनि जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनुपर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिकाे निश्कर्ष छ ।
टिप्पणीहरू