जग्गा पास गर्ने कार्यालयमा ताल्चा झुण्डियो

जग्गा पास गर्ने कार्यालयमा ताल्चा झुण्डियो

पाल्पाको मालपोत कार्यालय सोमबारसम्मका लागि बन्द भएको छ । त्यहाँ कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू माघ १७ गतेसम्म बन्द रहने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

हिजोदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

टिप्पणीहरू