बाबुराम भट्टराई दोस्रो पटक संक्रमित
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । यसअघि पनि कोरोना लागेको भट्टराईलाई पुन : कोरोना संक्रमण भएको हो ।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई दोस्रोपटक कोरोना लागेको जानकारी दिनुभएको छ । उहाँले आफूलाई सामान्य लक्षण देखिएको र केही दिन आइसोलेसनमा रहने पनि बताउनुभएको छ ।
टिप्पणीहरू