एमाले ललितपुरका नेता सिलवाल एसमा लागे

एमाले ललितपुरका नेता सिलवाल एसमा लागे

एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज बिहान समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।

एमाले ललितपुरको आठौं अधिवेशनमा सिलवालको अध्यक्षमा दाबी थियो । अहिले बागमती प्रदेश कमिटी सदस्य रहेका उनी ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

टिप्पणीहरू