निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक डाक्नुभएको छ । उहाँले भोली ११ बजे बस्ने गरी बैठक डाक्नुभएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण बैठक भर्चुअल माध्यमबाट बस्ने सभापति देउवाको सचिवालय जनाएको छ । बैठकमा स्थानीय तहको निर्वाचनलगायत बिबिध समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

टिप्पणीहरू