माटोको ढिस्कोले पुरिएर झर्कबहादुरको मृत्यु
नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको ज्यान गएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।
टिप्पणीहरू