ओलीबिरुध्द उजुर दर्ता नभएपछि शान्ति सुरक्षाको माग

ओलीबिरुध्द उजुर दर्ता नभएपछि शान्ति सुरक्षाको माग

युथ काँग्रेस नेपालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्व महामारी कोभिड १९ को सम्बन्धमा तोकिएका मापदण्डको पालना नगरेर गम्भीर लापरबाही गरेको आरोप लगाएको छ । संक्रमण पुष्टि हुँदाहुँदै पनि ओलीले सार्वजनिक कार्यक्रममा सहभागी भएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिएकाले कारबाहीको माग गरिएको हो ।

माघ १२ गते बालकोटस्थित रक्तदान कार्यक्रममा उपस्थित भएर संक्रमित ओलीले आफूलाई सामान्य संक्रमण भएको भाषण गर्नु संक्रामक रोग ऐन २०२० विपरित भएकाले जिल्ला प्रशासन कार्यालयलाई कारवाही गर्न माग गरिएको छ । आफ्ना सदस्यहरुले त्यसबारे उजुर गर्न जाँदा प्रशासनले अटेर गरेको भन्दै गम्भीर विषयमा उजुरी दर्ता नगर्नु विधिको शासन विपरित भएको काँग्रेसले ठहर गरेको हो ।

“उनीहरुले हिजै आफूहरुको शान्ति सुरक्षाको निम्ति समेत जिल्ला प्रशासनमा निवेदन दिएका छन् । तर, दर्ता गरिएको छैन ।”

जिल्ला प्रशासन कार्यालय, भक्तपुरको उक्त कार्यप्रति खेद प्रकट गर्दै युथ काँग्रेसले भनेको छ, ‘सार्वजनिक छवि भएको व्यक्तिले कोरोना संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी हुनुले जनमानसमा कानुनको उल्लंघन सामान्य कुरा हो भन्ने सन्देश जान्छ ।’ यससम्बन्धी उजुरलाई तत्काल सम्बोधन गर्न जिल्ला प्रशासनसँग माग गरिएको छ ।

हिजो भक्तपुरमा अभिजित अधिकारी र वीरेन्द्र मडैले सोसम्बन्धी निवेदन दर्ताको लागि आवश्यक प्रक्रिया पूरा गरेपनि प्रशासनले वास्ता नगरेको हो । उनीहरुले हिजै आफूहरुको शान्ति सुरक्षाको निम्ति समेत जिल्ला प्रशासनमा निवेदन दिएका छन् । तर, दर्ता गरिएको छैन ।

टिप्पणीहरू