करणीपछि बालिकाले छोरी जन्माइन्
बालिकालाई जबरजस्ती करणी गरी सन्तान जन्माएको अरोपमा ४१ वर्षे पुरुष पक्राउ परेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ६ बस्ने मनिराम थारुलाई प्रहरीले बालिकाले छोरी जन्माएपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बालिकाले अस्ति छोरी जन्माएपछि मात्रै सबैले उक्त रहस्य थाहा पाएका थिए । सोही क्रममा अनुसन्धान गर्दा मनिरामले बालिकालाई करणी गरेको तथ्य पत्ता लागेको हो । थारुले आरोप स्वीकारेका छन् ।
आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हाल आमाछोरी दुबैलाई नगर सेवाकेन्द्र गुलरियामा राखिएको छ । थारुउपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
मनिरामले गत वैशाख २७ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई करणी गरी थारुले बालिकालाई गर्भवती बनाएको ९ महिनापछि खुलेको छ ।
टिप्पणीहरू