राखेपका नेताहरु हेरेको हेर्यै

राखेपका नेताहरु हेरेको हेर्यै

राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बोलाउने माग गर्दै आएका १३ जना बोर्ड सदस्यलाई भेट्न र मागपत्र बुझ्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले अस्वीकार गरेका छन् । उनीहरुले मन्त्री गहतराजले मागपत्र नबुझेपछि राष्ट्रिय खेलकुद परिषद्का प्रशासन प्रमुखलाई छाँयाप्रति बुझाएको बताएका छन ।

हिजो दिउँसो सदस्यहरुको एक हुल मन्त्रालय पुगेको थियो । बैठकको माग गर्ने सबैलाई मन्त्रीस्तरीय निर्णयबाट यसअघि मन्त्री गहतराजले पजनी गरेका थिए । तर उच्च अदालत पाटनको फैसलाले उनीहरु पुनर्बहाली भएका हुन् ।

उनीाहरुले पछिल्लो पटक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको राखेप बोर्ड बैठक सरकार परिवर्तनसँगै स्थगित भएको र नयाँ मन्त्री आएको ७ महिना बितिसक्दा पनि बैठक बस्न नसकेको बताएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद् बैठक बोलाउन संयुक्त रुपमा माग राखेका हुन् ।

एमाले निकट बोर्ड सदस्यहरुले खेलकुद क्षेत्रको विकासभन्दा राजनीति बढी गरेको भन्दै मन्त्री गहतराजले उनीहरुलाई पजनी गरेका थिए । अहिले उनीहरुले नै बोर्ड बैठक बोलाउन माग गरेका हुन् ।

टिप्पणीहरू