लमजुङबाट राजधानी आएका पाहुना सुतेको सुत्यै
काठमाडौंमा पाहुना आएका एक जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका ९, फुटुङमा लमजुङबाट आएका पाहुना तीर्थबहादुर तिवारी मृत अवस्थामा फेला परेका हुन् ।
मृतक तिवारी आफन्त राजु खड्काको घरमा पाहुना लाग्न आएका थिए । करिब ५६ वर्षीय उनको शव आज दिउँसो साढे १ बजे समय सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको फुटुङ प्रहरी बिट तथा बालाजु प्रहरी वृत्तले अनुसन्धान तथा छानबिन गरिरहेको छ । मृतक तिवारीको घरपरिवारसँग सम्बन्ध राम्रो नरहेको र बिरामी भएका कारण उपचारको लागि आफन्तकोमा आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्ज पठाइएको छ ।
टिप्पणीहरू