एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौंमा
बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त जानकारी दिएकी हुन् ।
‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउँदा खुशी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा भनेकी छन् ।
यस्तै बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ । राजदूत निकोलाले नेपाली जनताको सुरक्षा गर्न खोप सहयोग गर्न पाउँदा बेलायत खुशी भएको पनि लेखेकी छन् ।
टिप्पणीहरू