फाल्गुनन्दलाई सच्चिन माओवादीको आग्रह

फाल्गुनन्दलाई सच्चिन माओवादीको आग्रह

नेकपा (माओवादी केन्द्र) फाल्गुनन्द गाउँ कमिटीले विभिन्न ५ बुँदे माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । संविधानको मूल मर्म, जनताको चाहना र आवश्यकताअनुसार पालिका अघि बढ्न नसकेको भन्दै अध्यक्ष वीरबहादुर कुरुम्बाङलाई माओवादीले ज्ञापनपत्र बुझाएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रमको रातो किताब हालसम्म सार्वनिक नगरेको, बजेट तथा विकास परियोजना असमान ढंगले वितरण गरिएको, संघ र प्रदेश सरकारबाट प्राप्त योजनाहरु अधुरै रहेको जानकारी गराउँदै तत्काल सच्याउन माओवादीको माग छ ।

माओवादी केन्द्र फाल्गुनन्द गाउँ कमिटी अध्यक्ष इन्द्रकुमार नेम्वाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आफ्नो पार्टीले उठाएका जायज सवालहरुको गाउँपालिकाले सम्बोधन नगरे संघर्षमा उत्रिनेसमेत चेतावनी दिइएको छ ।

टिप्पणीहरू