सोमबारदेखि शाखा अधिकृतलाई तालिम

सोमबारदेखि शाखा अधिकृतलाई तालिम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खुला प्रतियोगिताबाट नियुक्त भएका शाखा अधिकृतहरुलाई आगामी फागुन २ गतेबाट तालिमको व्यवस्था गर्ने भएको छ । मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई परिपत्र गर्दै तालिमको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

नेपाल प्रशासनिक सेवा, नेपाल पराराष्ट्र मन्त्रालय, नेपाल लेखापरीक्षण सेवा र नेपाल व्यवस्थापिका सेवाका शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) का चार सय ८८ जना कर्मचारीहरूलाई प्रशासनिक प्रशिक्षण दिन लागिएको हो ।

सेवा प्रवाहका सन्दर्भमा प्रशासनिक काम कारबाही कसरी गर्नेदेखि सेवा प्रवाहका क्रममा आईपर्ने जटिलताहरूको समाधानका लागि पनि तालिम कर्मचारीका लागि अनिवार्य गरिएको छ । प्रविधिमैत्री र समयानुकूल तवरले सेवा कसरी दिने भनेर तालिममा सिकाइन्छ ।

उनीहरुलाई प्रशिक्षणमा सहभागी गराइदिनका लागि मन्त्रालयले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय र महालेखा परीक्षकको कार्यालयलाई परिपत्रमार्फत आग्रह गरेको हो ।

टिप्पणीहरू