धरानमा नेकपा एकीकृत समाजवादीको संगठन
आउँदो निर्वाचनमा नेकपा एमाले भन्ने पार्टी ओलिपा अर्थात् ओली लिङ्देन पार्टीका रूपमा रूपान्तर हुने दाबी नेकपा एकीकृत समाजवादी १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरीले गरेका हुन् ।
अध्यक्ष चौधरीले अब एमालेको चुनाव चिन्ह सूर्य नभएर हलो हुने भन्दै एमसीसीको पासो फ्याँकेर गठबन्धन तोड्न सक्रिय रहेको बताए । उनले यो विचार धरान उपमहानगर कमिटीको घोषणासभामा प्रदेश अध्यक्ष बलदेव चौधरीले यो विचार व्यक्त गर्नु भएको हो ।
त्यसैगरी भेलामा पोलिटब्युरो सदस्य र सुन्सरी इञ्चार्ज महफुज अन्सारीले विश्व कम्युनिस्ट आन्दोलनको चर्चा गर्दै प्रधानमन्त्री हुन केपी ओलीले जनताको बहुदलीय जनवादलाई सत्तामा जाने भर्याङ बनाएको बताए । उनले केपी ओली जनजाति, दलित, महिला, अल्पसंखक विरोधी भएको दाबीसमेत गरे ।
भेलामा पोलिटब्युरो सदस्य धर्म ढकालले पार्टीभन्दा व्यक्ति ठूलो भन्दै लेलिनवादी पद्धतीलाई त्यागेपछि बाध्य भएर एमालेबाट विद्रोह गरि नेपाल कम्युनिष्ट पार्टी एकीकृत गठन भएको बताए ।
पूर्वको ऐतिहासिक नगर धरानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) को उपमहानगर कमिटीको अध्यक्षमा रेवतरमण राई चयन भएका छन् । ७१ सदस्यीय कमिटीको घोषण सुनसरी अध्यक्ष गोविन्द निरौलाले गरेका हुन् ।
अध्यक्ष निरौलाले सुनसरीमा भएको पार्टी गतिविधिबारे भेलामा जानकारी गराएका थिए । सहभागीहरूलाई आयोजकको तर्फबाट कैलाश अग्रवालले स्वागत गरेका थिए ।
जीवन राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सुषमा राईले गरेकी हुन् । कमिटीको उपाध्यक्ष सुपलाल लिम्बू र पद्मा सुब्बा, सचिव खेम दाहाल, सह सचिवमा अमृता रामदान र स्वर्णिम हाङ खम्बु छन् ।
टिप्पणीहरू