मोहनले गलबन्दीको पासो लगाएर ज्यान फाले
भक्तपुरमा अमृतको रुखमा गलबन्दीको पासो लगाएर एक युवकले आत्महत्या गरेका छन् । रोल्पा त्रिवेणी गाँउपालिका वडा नं ४ घर भएका २६ वर्षीय मोहन परियारले आज बिहान पासो लगाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले जनाए ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली बिटिएम ईट्टा भट्टामा चालकको रुपमा काम गरिरहेका उनले अमृतको रुखमा गलबन्दीको पासो लगाएर आत्माहत्या गरेका हुन् । के,कति कारणले उनी जीवनदेखि थकित भए भन्नेवारे बिस्तृत अनुसन्धान भइरहेको बताइन्छ ।
टिप्पणीहरू