अब भारत जान पीसीआर रिपोर्ट नचाहिने
नेपालबाट भारत प्रवेश गर्न अनिवार्य गरिएको पीसीआर रिपोर्ट अब नचाहिने भएको छ । भारत सरकारले नेपालसहित ८२ वटा मुलुकबाट आउने व्यक्तिलाई कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नभई प्रवेश गर्ने व्यवस्था मिलाएको हो ।
यो व्यवस्था खोप लगाएका यात्रुमा मात्र लागू हुने जनाइएको छ । खोप नलगाएका यात्रुले भने अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्नेछ ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो । यात्रुले यात्रापूर्व हवाइ सुविधा अनलाइन फर्म भने भर्नुपर्ने छ । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्नेछ ।
५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने प्रावधान बनाइएको छ ।
टिप्पणीहरू